गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने

डिसी नेपाल
१४ चैत २०८२ २०:२५
1.3k
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ।

काठमाडौंमा उत्पन्न सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले उनलाई सुरक्षाका लागि सेनाको ब्यारेकमा राख्ने तयारी गरेको हो।

आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्थिति तनावग्रस्त बनेको छ। नेकपा एमालेले ओली-लेखक गिरफ्तारको विरोधमा आज दिनभर काठमाडौंलगायत देशका अधिकांश स्थानमा प्रदर्शन गरेको छ।

यसैबीच कार्कीको भक्तपुरस्थित निवासमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *