जलेर मृत्यु भएकी बुढामगरका आफन्तद्वारा निष्पक्ष छानबिनको माग
राँझा (बाँके)। चैतः नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढामगर (गीता)का आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्।
आइतबार बिहान जलेको अवस्थामा सडकमा भेटिएकी २२ वर्षीया बुढामगरलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेकामा चिकित्सकले मृत घोषित गरेका थिए। मृतकका आफन्तले आज नेपालगञ्जमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय गेटमा पुगेर धर्ना दिएका थिए।
बुढामगरको शरीरमा आगो लगाएर जलाइएको भन्दै यस कार्यमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको धर्नामा सहभागी स्थानीय अगुवा अछरी पोखरेलले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार शनिबार राति करिब ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिला आगो लगाएर जलेको भन्ने सूचनापछि निजलाई उद्धार गरेर अस्पताल पुर्याइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन। घटनाको प्रकृति शङ्कास्पद देखिएकाले गम्भीरताका साथ अनुसन्धान सुरु गरिएको प्रवक्ता पातलीले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment