देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं। नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बैठक डाकेको हो।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौमा दुई दिने बैठक आह्वान गरेका हुन्। साेमबार नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय समितिको बैठकको छलफलको तयारी गरिएको हो।
स्रोतका अनुसार चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment