सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
१८ चैत २०८२ १९:५४
600
Shares

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ३१४५ नम्बरको ट्रकले किचेर सोही उपमहानगरपालिका-९ घर भएकी १८ वर्षीया एकता बैद्याको बुधबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र ना. ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकलमा सवार एकता उछिट्टिएर ट्रकको पछाडीको टायर मुनि परी उक्त दुर्घटना भएको थियो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको निजगढ नगरपालिका-९ पश्चिम लच्कास्थित सडकमा बा.प्र ०२-०४२ प ९८२४ नम्बरको मोटरसाइकल र बा.प्र ०३-००४ प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकहरूको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा बा.प्र ०२-०४२ प ९८२४ नम्बरको मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका २२ वर्षीय बैभव ढुङ्गाना र बा.प्र ०३-००४ प ३६६१ नम्बरको मोटरसाइकल चालक निजगढ नगरपालिका-६ ध्यालटोल घर भएका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्। दुर्घटनामा ‍गम्भीर घाइते भएका बैभवको एल एस न्यूरो अस्पतालमा र सुरेशको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *