सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन्।
दुवै जना आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment