ओली र लेखकलाई तत्काल रिहाइ गर्न एमालेको माग

डिसी नेपाल
१९ चैत २०८२ १४:४५
52
Shares

काठमाडौं। फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ। बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन्।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे।

तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए। उनले संसदमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढंगले पक्राउ गरेको बताए।

उनले भने, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधिहरु भइरहेका छन्। नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक छ। म सरकारको ध्यानाकर्षण गर्दछु की अहिले देशमा जति घटनाहरु घटिरहेका छन्, यो घटनाहरु संवैधानिक रुपबाट उचित छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र ८२ लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो गम्भिर आपत्तिको विषय छ।’

साथै उनले काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा सरकारले निर्मम दमन गरेको आरोप लगाए। उनले भने, ‘यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ, काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा आज सरकारले निर्मम दमन गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *