तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाही

डिसी नेपाल
१९ चैत २०८२ १६:१६
88
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरेकोले निष्पक्ष छानबिन भएर कारबाही गर्न आग्रह गरे।

उनले भने, ‘जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरे। २५ सयभन्दा बढी युवाहरू घाइते भए, अपांग भए। राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी क्रूरतापूर्वक हत्या भयो। निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु।

तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको उनले टिप्पणी गरे। उनले आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गर्दै गर्दा यस्तो अवस्था फेरि आउन नदिन अहिलेको सरकारलाई हेक्का रहनुपर्ने बताए।

उनले भने, ‘अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो। सिंहदरबार जले, भौतिक संरचनाहरू ढले। संसद् भवन समेत जल्यो, आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *