सरकारलाई गल्ती गर्ने छुट छैन : विज्ञ सुरेशराज चालिसे

डिसी नेपाल
१९ चैत २०८२ १७:४५
36
Shares

काठमाडौं। जलवायु परिवर्तन विज्ञ सुरेशराज चालिसेले वर्तमान सरकारसामु ठूला चुनौती रहेको बताएका छन्।

बालेन्द्र शाह सरकारका शासकीय सुधारका लागि १०० कार्यसूचीसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नयाँ सरकार विशेष परिस्थितिमा गठन भएको बताए। उनका अनुसार राजनीतिक परिवर्तनसँगै नेपालको राजनीतिक इतिहास नयाँ युगमा प्रवेश गरेको छ।

उनले भने, ‘अहिले जुन नयाँ सरकार आयो त्यो एउटा अभूतपूर्व ढंगबाट आएको हो। एउटा विशेष परिस्थिति सिर्जना भयो र राजनीतिक परिवर्तनसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको छ।’

चालिसेले सरकारप्रति जनताको ठूलो भरोसा रहेको भन्दै गल्ती गर्ने छुट नभएको बताए।

उनले भने, ‘यो सरकारलाई अत्यन्त ठूलो चुनौती छ। यो सरकारलाई गलत हुने छुट नै छैन, यत्रो जनताको भरोसा छ।’

उनले अनावश्यक बदला र व्यक्तिगत रिस त्यागेर देशको हितमा काम गर्न आग्रह गरे।

उनले भने, ‘अनावश्यक बदला र रिस नराखी देशलाई अगाडि राखेर सुशासन दिनुपर्छ। भ्रष्टाचारविरुद्धको अभियान र जनतालाई सेवा दिने प्रतिबद्धतासहित आएको सरकारले राम्रो काम गर्छ भन्ने विश्वास छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *