सुदूरपश्चिम प्रदेश सभा अधिवेशन २४ चैतका लागि आह्वान
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका हुन्।
मियाँले सरकारको सिफारिसअनुसार २४ चैतमा दिउँसो ४ बजे बस्नेगरी बैठक आह्वान गरेका छन्।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए। त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment