ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

डिसी नेपाल
१९ चैत २०८२ १९:१२
300
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

जेनजी जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप गत शनिबार ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

पक्राउपछि पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद आज सकिपछि अदालतबाट दोस्रोपटक म्याद लिइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *