त्रिभुवन राजपथको टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध

डिसी नेपाल
२१ चैत २०८२ ७:५५
32
Shares

काठमाडौं। त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ टिष्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिष्टुङमा दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

ट्रक चालक धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ का २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टामा चोट लागी सामान्य घाइते भएका थिए। घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोलीलले ट्रक हटाएर यातायात सेवा सञ्चालनका लागि प्रयास गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *