कविता : जीवनको अनमोल खजाना
जीवनको अनमोल खजाना जीवन नै हो
जन्मेपछि धर्तीमा गर्नुपर्ने काम के हो
संसारलाई प्रेमबाट जगाउनु नै हो
मनलाई अशान्तिबाट जोगाउनु नै हो
जीवन एक खजाना हो जुन हामी
एक पटक मात्र पाउँछौं
यसलाई बिना कुनै विचार हँसाइ हँसाइ
बिताउने हो जीवन एउटा सपनालाई पुरा गर्ने मौका हो
जीवन जिउने यही एकमात्र सही ढंग हो
जीवनमा आउँछ अनेक उतार–चढाव खुसी र दुःखी,
सबक लिइ बिस्तारै आफ्नो मार्ग बनाउने हो
जीवन एक यात्रा हो जसले हामीलाई अगाडि बढाउँछ
र, हरेक कदमको पलपलमा नयाँ केही सिकाउँछ
जीवन एक यात्रा हो यो नदीको धारा जस्तै हो
जुन कहिले रोकिँदैन र कहिल्यै अड्किँदैन
यो अन्त्यमा जन्मबाट सुरु भइ अनन्तमा मिल्ने हो
यो जीवनको हरेक मोडको नयाँ दृश्य हो
र, जीवन हेर्ने र देख्नेको एक कला हो
जीवन एक सपना पनि हो जुन हामी
हरेक दिन र रातमा देखिरहेका हुन्छौं
जीवन एक सजावट पनि हो जसलाई
नयाँ बिचार दिइ बनाउने र सजाउने गर्दछौं
जीवन एक अनमोल खजाना हो जसलाई
हामी मृत्यु नभएसम्म सम्हालेर राख्दछौं
यो वर्तवानको एक अनुपम खजाना हो
यसैको साथमा हामी बाच्न र बन्न सफल बनौं
जीवन एक प्रेम हो, एक साथीपनि हो
जीवनमा खुसियाली र बहार छ
जीवनलाई जीउनु छ बिना डरमा बस्नु छ
जीवनलाई आफ्नै तरिकाले जियाउनु छ
जीवन एक बहार हो एक उपहार पनि हो
यसलाई पूरा मन लगाई बचाउनु छ
जीवनमा चुनौतीहरु अनगिन्ती आउँछन्
तर हार यसको जीत होइन, प्रयास हो
जीवनलाई हरतरहबाट बिउझाउनु छ
जीवनलाई हरेक कोणबाट चिनाउनु छ
कहाँ छ जीवनको अनमोल खोज्नु छ
जीवनलाई अनन्त अकासमा उड़ाउनु छ।
दिप ज्योति
बल्यो दिपको ज्योति संसारै झल्मलाउने गरी
नेपालको आकासमा एक तारा त्तिर्मिराउने गरी
खुल्यो नेपालको मुहार अध्याँरो औंसीको रातमा
नेपाली जनहरुको भविष्य थियो सधैं अन्धकारमा
कालो सुट कालो चश्मा कालो टोपी र दारी
मलिन बोली गम्भिर स्वाभाव छन् सहकारी
सानै उमेरमा उनको गीत गाएको थियो
र्यापरको नामले उनी नेपालीमा प्रसिद्ध थिए
छ बालेन शाह उनको नाम धपधप बलने गरी
तीन वर्षसम्म काठमाडौंको मेयरमा कामगर्ने गरी
बनाए काठमाडौं सुघर पेटी साफ गरिकन
रिझाए सबैलाई उनले सधैं मिठो बोलिकन
सधैं इमानदारको नक्सा कोरी काममा लागने
बिकास गर्नका लागि सधैं कर्तव्यमा जुटिरहने
नेपालको मुहार फेर्न एक उनको धोको थियो
आज उनको बुद्धिले धेरै माथि पुर्याइ दियो
सारा पुराना नेतालाई चुनावमा हराइकन
ल्याए दुई तिहाइको बहुमत छक्क पारीकन
बन्न पुगे प्रधानमन्त्री देशको नयाँ सत्ता सम्हालन
रास्वपा उनको पार्टी पाँच वर्षको कलिलो उमेर
रवि लामिछाने एक नयाँ युवक कसैसँग नझुकने
उनको दमदार भाषणले जनताको मन हल्लिने
रवि दाइ रवि दाइ भनी सब युवायुवती उफ्रिने
जिते २१ सिट संसदमा एकै चोटीको चुनावमा
थर्काए सब भ्रष्टाचारीलाई त्यो भित्र संसदमा
कुटिल चालचली ओलीले घाँटी थिइ थिचिकन
पुर्यायो त्यो ओलीले आफू भ्रष्टाचारबाट बचन
मौका मिलेको थिएन रवि र बालेन शाहलाई
एकै चोटीको चुनावमा सबलाई भित्ता पुर्याइ
जसरी पन्ध्र सालमा बिपीले बहुमत लिए
त्यसरी नै ८२ सालमा रवि बालेनले जिते
सारा पार्टी भयो शून्य थोथोरै मत ल्याइकन
बोलेका छन् अझै फेरि लाजै पचाइ पचायीकन
दियो नेपालको ज्योति चमचम गरी चम्कियो
नयाँ नौलो युवा पार्टीको नेपालमा उदय भयो
घन्टी चिन्ह पार्टीको शंख घण्टा छ जताततै
बजेका छन् सबै शंख घण्टहरु जताततै घर घरै
यो रवि बालेनको पार्टी झागिँदै जाओस् जताततै
इमान्दारिताको पर्दा खोलियोस् राजनीति अपनाउँदै
घण्टी सृबिन्दुको चम्कियोस् हीरा झैँ झल्ल झल्किने
पार्टीका सब नेताहरु लागुन कर्तव्यमा सधैं सधैं
सबैको जीत हो भन्दै पार्टी बढ्दै गइ रहोस्
अर्को महाचुनावमा फेरि जीत हासिल गरी रहोस्
शुभकामना छ सबैबाट नेपालीको अनुहार फेरन
बसेका छन् सब दुःखी नेपाली तिम्रो काम हेरन
रवि बालेन दिपको बत्ति सधैं धप्धप् बलिरहोस्
राष्ट्र र अन्तरर्राष्ट्रमा नाम उँचा सधैं रहोस्
आपसमा भाइचारा सधैं फैलिँदै रहोस
सबै गर्दछन् यही आशा घण्टी सधैं बजिरहोस्।
तीन हाँसिरहने बुद्ध जोगीहरु
कस्तो होला त्यो जीवन सधैं हाँसिरहने
जस्तो सुकै दुःख पर्दापनि हाँसी नै रहने
जहाँ जाँदानि ती तीन जोगी सँगै नै रहने
जो मरेपनि ती तीन जोगी हाँसी नै रहने
एक दिनको कुरा हो तीन मध्ये एक मरी गए
मर्दा फेरि दुईवटा जोगी खित्का छोडी हाँसी रहे
किनकि मर्ने जोगीले म मरेपछि हाँस्नु भनेका थिए
त्यसैले त दुई जोगी फेरि हाँसदै सहर भित्र पसे
र सारा समाजलाई हँसाए र आफूपनि हाँस्दै रहे
आज यसै प्रेरणात्मक कथाले ‘लाफिङ मोंक्स’ को
नामले संसारभर प्रख्यात भए र हाँस्ने र हसाउने भए
तसर्थ हाँस र हसाउ र संसारलाई जीवन्त बनाउ
कला हाँसोको हेर यो कति रमणीय छ
जो हाँसेको छ उ जताततै प्रसंशनीय छ
रोएपनि अन्तमा जानुनै छ त्यो कुन लोकमा
बरु हाँसे पुगिन्छ अवश्य त्यो सुवर्ण भूमिमा
बरु हाँसे पुगिन्छ अवस्य त्यो सुवर्ण भूमिमा
No ads found for this position


Facebook Comment