प्रधानमन्त्री बालेनका सल्लाहकारको विवरण सार्वजनिक: मन्त्री र राज्यमन्त्री सरहका सुविधा पाउनेहरू को-को हुन्?
काठमाडौं। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीहरूको नामावली एवं सेवा-सुविधाको विवरण आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेको सात महिनापछि कार्यालयले आफ्नो वेबसाइटमार्फत बालेनको टोलीमा संलग्न २५ जना पदाधिकारी, विज्ञ र कर्मचारीहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार प्रधानमन्त्रीको सल्लाहकार र विज्ञ टिममा मन्त्री तथा राज्यमन्त्री सरहको सुविधा पाउने विशिष्ट व्यक्तिहरू समेटिएका छन्।
मुख्य राजनीतिक सल्लाहकारको रूपमा कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकारको रूपमा असिम शाह कार्यरत रहेका छन्। यी दुवै जनाले मन्त्री सरहको तलब तथा सेवा-सुविधा प्राप्त गर्दै आएका छन्, जसमध्ये व्यञ्जनकारको पद अवैतनिक रहेको जनाइएको छ।
त्यसैगरी, चिकित्सा क्षेत्रका वरिष्ठ व्यक्तित्व प्रा.डा. जगदिश प्रसाद अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त गरिएको छ र उनलाई पनि मन्त्री सरहकै सेवा-सुविधा उपलब्ध गराइएको छ।
प्रशासनिक तथा प्राविधिक सल्लाहकारहरूको टोलीमा सुदिप ढकाललाई नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्रलाई सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रूपमा समावेश गरिएको छ।
यी दुवै जनालाई राज्यमन्त्री सरहको सेवा-सुविधा दिइएको विवरणमा उल्लेख छ। सल्लाहकार टोलीका अतिरिक्त प्रधानमन्त्रीको स्वकीय सचिवालयमा स्वकीय सचिव, निजी सचिव, प्रेस संयोजक, स्वकीय सहायक, भान्सा तथा सवारी चालकसहित अन्य कर्मचारीहरू कार्यरत छन्।
पारदर्शी सुशासनको अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री कार्यालयले आफ्नो टोलीको संरचना र उनीहरूले पाउने सुविधा पारदर्शी रूपमा सार्वजनिक गरेको बताएको छ।




No ads found for this position



डिसी नेपाल
Facebook Comment