सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

डिसी नेपाल
२१ चैत २०८२ ८:१०
2.1k
Shares

काठमाडौं। अमरेस कुमार सिंह ले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएकोप्रति खुसी व्यक्त गरेका हुन्।

सिंहले लेखेका छन् कि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दिशामा सरकारले थालेको प्रयास आमजनताले पनि महसुस गरिरहेको छ। उनले उक्त अभियानलाई निरन्तरता दिन सरकारलाई आफ्नो पूर्ण समर्थन रहने उल्लेख गरेका छन्।

उनका अनुसार केवल सरकारले मात्रै परिवर्तन चाहेर सम्भव नहुने भएकाले आम नागरिकको सक्रिय साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको छ।

उनले अहिलेको समय नेतृत्वलाई साथ दिएर अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण नेपालीलाई सकारात्मक ऊर्जा प्रदान गर्दै सुशासनको अभियान सफल बनाउन आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *