हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
रौतहट। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले उल्लेख गरेको छ। सम्भावित क्षतिबाट बच्न र सुरक्षित रहनका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment