अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय सम्राट केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मोरङको उर्लाबारी नगरपालिका-३ थापा चोक डेरा गरी बस्ने पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई नियन्त्रित लागूऔषध स्पास्पेन २ हजार ५ सय २० ट्याब्लेट, प्रोमेथाजाइन ३ सय ५० ट्याब्लेट, ट्रामाडोल ९ हजार ५ सय ७० ट्याब्लेट, नाइट्राजेपाम ५ सय ८५ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो २ सय ३० ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
झापाको भद्रपुर नगरपालिका-३ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ माझी टोल बस्ने ३२ वर्षीय मनराज राई र १९ वर्षीय खगेन्द्र गौतम रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-६ पिप्रहवा बस्ने ३२ वर्षीय सन्तराम चौहान र डुडुवा गाउँपालिका-४ खालेमसाहा बस्ने ३० वर्षीय भोला लोनिया रहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा समेतबाट खटिएको प्रहरीले भे.४ प ९२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीय सुमेर शेष समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको टीकापुर नगरपालिका-८ अनरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय रोहन बिक र २० वर्षीय उत्तम साउद रहेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment