सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
सुर्खेतको लेकबेशी नगरपालिका-५ नेटास्थित सडकमा क.प्र.०२-००१ ख ०५३४ नम्बरको गाडी अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका-५ बस्ने ३८ वर्षीया पूर्णकला राडी मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १ जनाको सोही अस्पतालमा र ४ जनाको माया नर्सिङ होममा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ तलेखुस्थित सडकमा ग.१ क ६६७९ नम्बरको जेसिबिको ठक्करबाट सोही ठाउँ बस्ने जेनिसा श्रेष्ठ मगरको छोरा ४ वर्षीय डेनिस मगरको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल चामेमा उपचारको क्रममा मृत्यु भएको हो। जेसिबि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment