चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

डिसी नेपाल
२२ चैत २०८२ ८:४१
16
Shares

चितवन। जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो ।

जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको उहाँले जानकारी दिए।

‘जापानिज इन्सेफ्लाइटिस’का कारण जिल्लामा सन् २०२४ मा एक जनाको मृत्यु भएको थियो भने चार जना सङ्क्रमित भएका जनाइएको छ । सन् २०२५ मा १६ जना सङ्क्रमित हुँदा पाँच जनाको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए।

उनका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । किट नियन्त्रक केसीले यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *