No ads found for this position
No ads found for this position

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ चैत २०८२ १९:४६
72
Shares
No ads found for this position

काठमाडौं। ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ।

यहाँको स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको हो।

डा जगदीशकुमार क्षेत्रीको नेतृत्वमा सञ्चालनमा आएको केन्द्र ज्येष्ठ नागरिकहरूप्रति समर्पित नेपालकै पहिलो स्वास्थ्य केन्द्र भएका जनाइएको छ।

केन्द्रमा अन्तरराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन (ज्येष्ठ नागरिक रोग विशेषज्ञ), विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिन एण्ड रिह्याबिलिटेशन विशेषज्ञहरू कार्यरत रहेका सेन्टरका निर्देशक डा क्षेत्रीले जानकारी दिए।

६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वास्थ्य दीर्घायु प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उनले बताए।

केन्द्रले प्रदान गर्ने प्रमुख सेवामध्ये स्वास्थ्य बुढ्यौली तथा दीर्घायु स्वास्थ्य कार्यक्रम रहेको छ।

यसमा प्रयोगशाला परीक्षण, शरीर संरचना विश्लेषण, मांसपेशी स्वास्थ्य जस्ता शारीरिक कार्यक्षमता मूल्याङ्कन, मुटु रोग जोखिम परीक्षण, मधुमेह तथा क्यान्सर स्क्रिनिङ, मानसिक तथा दिमागी शक्ति परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, जेनेटिक परीक्षण, पोषण विश्लेषण तथा एआईमा आधारित दिर्घरोग जोखिम पूर्वानुमान रहेका छन्।

‘हाम्रो ध्यान व्यक्तिहरूलाई उमेर बढ्दै जाँदा सशक्त र आत्मनिर्भर रहन सक्षम बनाउनेमा केन्द्रित छ’, केन्द्रका निर्देशक डा क्षेत्रीले भने।

यो केन्द्र हप्तामा छ दिन (आइतबारबाहेक) बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।

डिमेन्सिया र पार्किन्सन रोगबाट पीडित व्यक्तिका लागि विशेष ओपिडी (बहिरङ्ग) सेवासमेत प्रदान गरिने केन्द्रले जनाएको छ।

निकट भविष्यमा ‘घरमै अस्पताल’ सेवा, घरमै जेरियाट्रिक चिकित्सक तथा नर्सिङ सेवा तथा हेरचाह सेवा विस्तार गर्ने योजना रहेको निर्देशक डा क्षेत्रीले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *