नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सिजाङ प्यानोरमा, चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

डिसी नेपाल
२३ चैत २०८२ १६:४०
20
Shares

काठमाडौं । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा यस पटक सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ। यस अन्तर्गत छ वटा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने छ। महोत्सवमा चलचित्रका माध्यमबाट नेपाली दर्शकले चीनको चलचित्र बुझ्ने मौका पाउने विश्वास गरिएको छ।

शुक्रबार छायाँ सेन्टरमा ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको थियो। चलचित्रले मानव सभ्यता र प्रकृतिको सम्बन्धलाई दर्शाउन प्रयास गर्छ। स्नो लियोपार्ड (हिउँचितुवा) ले सिजाङमा गोठालाको जीवन अवस्थालाई प्रस्तुत गरेको छ। निर्देशक प्रेमा तासेडेनले चलचित्रले मानवजीवन र प्रकृतिबिचको अस्तित्वलाई उजागर गर्ने प्रयास गर्नुका साथै सिजाङमा पारिस्थितिक क्षतिपूर्ति नीतिको प्रभावकारी कार्यान्वयनको पुष्टि गरेको छ।

त्यस्तै शनिबार ‘होम अवे, होम क्लोज’, ‘लनर्स फ्रर्म दी टप अफ दी वल्र्ड’, ‘सनराइज ओभर दी प्ल्याटो’ गरी तीन वटा चलचित्र प्रदर्शन हुने छन्। आइतबार ‘डिसकभरिङ सिजाङ २०२६’ र ‘वारियर किङ’ प्रदर्शन हुने छन्।

प्रोफेसर झान सुनले चलचित्रका माध्यमबाट दुई देशबिचको सम्बन्धलाई बुझ्न सजिलो हुने भएकाले सिजाङ प्यानोरमा आयोजना गरिएको बताएकी छन्। उनका अनुसार चलचित्रहरूले प्राकृतिक, सांस्कृतिक विशेषता र सामाजिक विकासलाई नेपाली दर्शकसामु प्रस्तुत गर्नुका साथै सिजाङको वास्तविक अवस्थाबारे बुझ्न पनि मद्दत पुर्याउँछ।

फ्रान्सेली निर्देशक ज्याक मालाटेरेको चलचित्र ‘लनर्स फ्रम दी टप अफ दी वल्र्ड’ सन् २०२३ को उत्कृष्ट कृतिमध्ये एक हो। यो वृत्तचित्र शृङ्खला छिङघाई–सिजाङ पठारको शिक्षामा केन्द्रित रहेको छ। वृत्तचित्रले निङ्ची, सिगात्से र ल्हासाका विद्यालयबारे दर्शाउन खोजेको छ। विद्यार्थीले कसरी शिक्षा लिइरहेका र उनीहरूको विकासबारे उक्त वृत्तचित्रमा देखाउन खोजिएको छ। तिब्बती ओपेरा र परम्परागत नृत्य जस्ता जातीय सांस्कृतिक परम्परा कसरी सिक्छन् भन्ने कुरा पनि यसभित्र प्रस्तुत गरिएको छ।

सन् २०२६ मा निर्माण भएको वृत्तचित्र ‘डिस्कभरिङ सिजाङ’ युवापुस्ताको कथामा आधारित छ। उक्त वृत्तचित्र अन्तर्राष्ट्रिय युवा दृष्टिकोणामा आधारित छ। चलचित्रले नेपाल, संयुक्त राज्य अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडिया जेनजीका कुरालाई समेटिएको छ। उनीहरूको स्थलगत भ्रमण, प्रत्यक्ष अनुभव र वास्तविक प्रतिविम्बमार्फत वृत्तचित्र निर्माण गरिएको छ।

वृत्तचित्रले सामाजिक स्थिरता, आर्थिक विकास, पारिस्थितिक संरक्षण, प्राविधिक प्रगति, सांस्कृतिक सम्पदा र अन्तर्राष्ट्रिय आदानप्रदानलाई नयाँ युगमा कसरी लगेको भन्ने कुरालाई दर्शाएको छ। महोत्सवमा ‘वारियर किङ’ चिनियाँ महाकाव्य ‘दी लेजेन्ड अफ किङ गेसर’ बाट रूपान्तरित गरिएको एनिमेटेड चलचित्र हो। युवा जु रुको आगमनको यात्रालाई देखाइएको चलचित्र एक पौराणिक व्यक्तित्व जसले दुष्टलाई दण्ड, राम्रोलाई बढावा र मानिसको रक्षा गर्छ भन्ने भावनाले अभिप्रेरित रहेको छ।

त्यस्तै ‘होम अवे, होम क्लोज’ सिजाङको मानवकथाका कुरामा केन्द्रित वृत्तचित्र हो। हङकङका एक युवकको मोबाइल फोटो स्टुडियो र फोटो वरिपरि वृत्तचित्र घुमेको छ। वृत्तचित्रभित्र युवकले अरूलाई अर्थपूर्ण सम्झना जोगाउन मद्दत गर्छन्। सिजाङ प्यानोरमाका चलचित्र तथा वृत्तचित्र पर्यटन बोर्ड र छाया सेन्टरमा निःशुल्क हेर्न पाइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *