सर्वोच्चको आदेश- ओली र लेखकमाथिको अनुसन्धान बिहीबारसम्म सक्नु

डिसी नेपाल
२३ चैत २०८२ २०:२०
124
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि २६ चैत्रभित्र अनुसन्धान सक्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार पनि सर्वोच्चले २६ चैतभित्र अनुसन्धान टुङ्गिन नसके थुनामुक्त गर्न आदेश दिएको हो।

‘ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।

भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा पक्राउ परेका ओली र लेखकलाई प्रहरीले ज्यान मुद्दाको कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *