गायिका बाला दुराको ‘लमजुङे स्वल्टिनी’ बजारमा

डिसी नेपाल
२४ चैत २०८२ २१:०५
52
Shares

टोकियो। जापानलाई कर्मथलो बनाउँदै आएकी लोकप्रिय गायिका बाला दुराले लोकलयमा आधारित दोहोरी ‘लमजुङे स्वल्टिनी’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । उक्त म्युजिक भिडियो आफ्नै बाला दुरा युट्युब च्यानलमार्फत हालैमात्र सार्बजनिक गरेकी हुन् ।

गायिका दुरालाई आवाजमा मौसम गुरुङले साथ दिएका छन् भने म्युजिक भिडियोमा गणेशमान घले, रजनी गुरुङ, मनोज गुरुङ र सिञ्जो दुराको अभिनय रहेको छ ।

वरिष्ठ सर्जक शिव हमालको गीत र मौसम गुरुङको संगीतमा तयार पारिएको ‘लमजुङे स्वल्टिनी’ मा तन्नेरी जोडीबीचको अगाढ माया र प्रेममा समर्पित भावलाई सुन्दर ढंगले लोकलयमा उतारिएको छ । उत्कृष्ट शब्द र संगीतको समायोजन तथा आकर्षक लय एवं सुमधुर आवाजमा सजिएको ‘लमजुङे स्वल्टिनी’ ले राम्रो दर्शक तथा स्रोताहरु कमाउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाकी प्रवक्ता समेत रहेकी मीठो स्वरकी धनी गायिका दुरा लाइभ दोहोरीमा पनि उत्तिकै अब्बल मानिन्छन् ।

गीत र संगीतको उर्बरभूमि लमजुङको माटोमा जन्मिएकी गायिका दुराले आफ्नै लगानीमा निकालेकी ‘लमजुङे स्वल्टिनी’ लाई सुनेर, हेरेर र सब्स्क्राइभ गरेर साथ, सहयोग र हौसल प्रदान गर्नुका साथै सकारात्मक सुझाव तथा प्रतिक्रिया दिई हौसला बढाईदिन स्वदेश तथा विदेशमा रहनुभएका गीत-संगीतप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिल गरेकीछिन् ।

घरदेशभन्दा सात समुद्रपारि परदेशमा रहँदै गर्दा बचेखुचेका समयमा नेपाली गीत-संगीत, कला, सँस्कृति र नेपालीपनको साधना र संबर्द्धन गर्दा आफुलाई सन्तुष्टि मिल्ने गरेको गायिका दुराले समुद्रपारिलाई बताईन् ।

‘प्रवासको जीवनशैली सहज छैन, सकसपूर्ण त छ नै, तथापि आफ्नो रोजाईको क्षेत्रमा संघर्षयात्रा जारी छ, जारी रहने छ, यसैमा खुशी मिल्दोरहेछ ।’- गायिका दुराले भनिन् ।

गायिका दुराले आफ्नै आवाजमा सिर्जना यात्राको डेब्यू भने ‘सुन्दरबजार सत्रसय फाँट’ बाट गरेकी थिईन् भने त्यसपछि तीजका केही गीतहरु, सालैजो र मौलिक एकल तथा दोहोरी गरी करिव दर्जन जति एल्बममा उनले आवाज भरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *