मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला

डिसी नेपाल
२६ चैत २०८२ १५:१९
56
Shares

काठमाडौं। ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकल ग्यारेजको अगाडि पार्ट पुर्जा खोली लुकाइ राखेको अवस्थामा फेला परेको छ।

बाप्र०२–०३४प ९८३१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल हराएको भनी पीडितले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकोमा खोजी गर्दै जाँदा उक्त मोटरसाइकल पार्ट पुर्जा खोलेको अवस्थमा फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “काठमाडौंको तारकेश्वर नगरपालिका–४ रातोपुलमा रहेको मोटरसाइकल ग्यारेज अगाडि पार्ट पुर्जा खोली सकेको अवस्थामा फेला परेको र खोलिएका पार्टपुर्जाहरु लुकाइछिपाइ राखिएको अबस्थामा फेला परेको हो।”

यसैगरी मिलेमतोको आशकामा ग्यारेज सञ्चालक समेतलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रवक्ता सुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *