भाइरल हुने लोभमा आफ्नै अपहरण गराएको आरोपमा मोडल पक्राउ

डिसी नेपाल
२७ चैत २०८२ १२:२७
612
Shares

काठमाडौं । ब्राजिलकी एक सोशल मिडिया इन्फ्लुएन्सरले भ्युज र फलोअर्स बढाउनका लागि आफ्नै अपहरणको नाटक रचेको खुलासा भएको छ।

२७ वर्षीया मोविकी फ्रागाले गत वर्षको अप्रिलमा आफू र आफ्ना श्रीमान लुकासमाथि हतियारधारी समूहले आक्रमण गरी अपहरण गरेको दाबी गरेकी थिइन्।

तर, घटनाको एक वर्षपछि प्रहरीले छापा मारी उनलाई पक्राउ गरेपछि यो सबै एउटा ‘पीआर स्टन्ट’ मात्र भएको पुष्टि भएको छ।

न्युयोर्क पोस्टका अनुसार फ्रागाले आफ्ना ४८,००० भन्दा बढी फलोअर्सलाई एक भिडियोमार्फत आफूलाई जंगलमा बन्धक बनाइएको र फिरौती नदिए यातना दिने धम्की आएको बताएकी थिइन्।

उनले आफ्ना श्रीमान लुकासमाथि कुटपिट भएको र नगद बुझाएपछि मात्र आफूहरू मुक्त भएको दाबी गरेकी थिइन्। यस घटनापछि उनले चर्चा कमाउन धेरै मिडिया आउटलेटहरूलाई अन्तर्वार्ता समेत दिएकी थिइन्।

प्रहरीले यस घटनाको गहिरो अनुसन्धानका लागि ‘अपरेशन स्मोकस्क्रिन अफ लाइक्स’ नामक अभियान चलाएको थियो, जसमा ३० जना प्रहरी अधिकारीहरू सहभागी थिए। अनुसन्धानका क्रममा जासूस क्ले एन्डरसनले यो अपहरण पीडित भनिएकी फ्रागा र अपराधीहरूबीचको पूर्व-योजनाबद्ध षड्यन्त्र भएको प्रमाण फेला पारे।

अनुसन्धानका मा भएका खुलासाअनुसार मिडियाको ध्यान तान्न र फलोअर्स बढाउन यो प्रपञ्च रचिएको थियो। अचम्मको कुरा त के छ भने, कुटपिटमा परेका उनका श्रीमान लुकास यो सबै नाटक हो भन्ने कुरामा पूर्ण रूपमा अनविज्ञ थिए। उनले यसलाई वास्तविक अपहरण नै ठानेका थिए।

पक्राउ पुर्जी जारी भएपछि फ्रागा अपहरणकारीमध्ये एक व्यक्तिसँग निरन्तर सम्पर्कमा रहेको फेला परेको छ। प्रहरीका अनुसार यस फर्जी अपहरणमा फ्रागा बाहेक अन्य तीन जना पनि संलग्न थिए। सामाजिक सञ्जालमा चर्चा कमाउनका लागि आफ्नै परिवार र कानुनलाई धोका दिने यो घटनाले अहिले विश्वभर चर्चा र आलोचना पाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *