राजले थाइल्याण्डको पटायामा सडकमै यौनकर्मीको कुटाइ खाए, पैसा नतिरेको आरोप

डिसी नेपाल
२२ पुष २०८२ १३:१२
17.6k
Shares

काठमाडौं । थाइल्याण्डको पटायाको वाकिङ स्ट्रिटमा एक व्यक्तिले यौनकर्मीहरूको कुटाइ खाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा उनलाई केही महिलाहरूले सडकमै घिसार्दै कुटपिट गरेको देखिन्छ । यो भिडियो डिसेम्बर २७ का दिन बिहानको भएको बताइएको छ । कुटाइ खाने व्यक्ति भारतीय भएको खुलेको छ ।

थाइल्याण्डको स्थानीय मिडिया थाइगरका अनुसार ती व्यक्तिले यौन सेवाको पूरा पैसा नतिरेपछि विवाद भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई ट्रान्सजेन्डर महिला यौनकर्मीहरूको समूहले आक्रमण गरेको आरोप छ। घाइते भारतीय नागरिकलाई अस्पतालमा भर्ना गरिएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

रिपोर्टका अनुसार एक भारतीय पर्यटक र एक ट्रान्सजेन्डर महिलाबीच यौन सेवाको भुक्तानीलाई लिएर विवाद भएको थियो । झगडा बढ्यो र पछि ती ट्रान्सजेन्डर महिलाले आफ्ना अरू साथीहरूलाई बोलाइन् । घटनाको जानकारी पाएपछि सावङ बोरिबुन धम्मस्थान फाउन्डेसनका उद्धारकर्मीहरू घटनास्थलमा पुगे।

त्यहाँ उनीहरूले एक घाइते विदेशी नागरिक भेट्टाए जसलाई पछि ५२ वर्षीय भारतीय नागरिक राज जसुजाको रूपमा पहिचान गरिएको छ। उनको अनुहार र टाउकोको पछाडि गम्भीर चोट लागेको थियो। घटनास्थलमा प्राथमिक उपचार गरेपछि उनलाई पट्टमकुन अस्पताल लगिएको थियो। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा धेरै ट्रान्सजेन्डर महिलाहरूले ती पुरुषलाई घेरेका, सडकमा पछ्याउँदै र चप्पल र जुत्ताले कुटपिट गरिरहेको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *