अमेरिका–इरान शान्ति वार्ता अघि इस्लामाबादका सडकहरुमा कडाइ

डिसी नेपाल
२७ चैत २०८२ १८:२२
124
Shares

एजेन्सी। पाकिस्तानको राजधानी इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ। जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्। आगामी अमेरिका–इरान वार्ताअघि अवरुद्ध गरिएको हो।

इरानमा अमेरिका–इजरायली संयुक्त सैन्य हमला सुरु भएको एक महिनाभन्दा बढी समयपछि मंगलबार घोषणा गरिएको दुई हप्ताको युद्धविरामको कूटनीतिक विन्डोको क्रममा अमेरिका र इरानले शनिबार बिहान वार्ता सुरु गर्ने कार्यक्रम छ।

वार्तापूर्व उक्त क्षेत्र शुक्रबार सडक चौबाटोहरूमा सैनिकहरूले चेकजाँच गर्दै र पहरा दिँदै उभिएका छन्। पाकिस्तानी र अन्तर्राष्ट्रिय मिडिया आउटलेटका रिपोर्टरहरू रेड जोनको परिधी क्षेत्रहरूमा भेला भएका छन्।

स्थानीय समय अनुसार शुक्रबार बिहानसम्म, अमेरिकी र इरानी प्रतिनिधिमण्डलका प्रमुख कर्मचारीहरू इस्लामाबाद आइपुगेको पुष्टि भइसकेको छैन्।

यद्यपि, सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूका अनुसार, केही अमेरिकी यातायात विमानहरू इस्लामाबादमा अवतरण गरेका छन्।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका अनुसार पाकिस्तानले वार्तामा भाग लिने प्रतिनिधिहरू र पत्रकारहरूलाई आगमनमा भिसा प्रदान गरेको छ।

उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्दैछन्।

अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि वार्ता हुन लागेको हो।

जारी द्वन्द्वले हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ।(सीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *