हप्तामा ६ दिन अस्पताल सञ्चालन गर्न मन्त्रालयको आग्रह

डिसी नेपाल
२७ चैत २०८२ १९:२९
68
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई हप्तामा कम्तीमा ६ दिन सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

अस्पतालहरूले आफ्नो क्षमता, जनशक्ति र सेवा चापका आधारमा आइतबार समेत सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ।

विशेष गरी ओपिडी सेवा निरन्तरता दिन अस्पतालहरूलाई आग्रह गर्दै कामको बोझअनुसार सेवा व्यवस्थापन गर्न सुझाव दिएको छ ।

साथै, शनिबारबाहेक हप्ताको अर्को एक दिन बिदा दिनुपर्ने सरकारी व्यवस्था कार्यान्वयन गर्नुपर्ने र यदि बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनुपर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *