विद्यानाथले ल्याए ‘शिक्षामा बेलाको बोली’ पुस्तक
काठमाडौं। प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशित भएको छ। शिखा बुक्सले प्रकाशन गरेको पुस्तक पठनीय छ।
यस पुस्तकले जनस्तरका सोच दिएको छ। प्राज्ञिक सोच दिएको छ। प्रज्ञावानले देखेका सोच दिएको छ। तिनको अन्तरसम्बन्ध देखाएको छ। शरीर सम्बन्ध, मानसिक सम्बन्ध, चेतन वा उर्जीय सम्बन्ध।
यस क्रममा आएका दर्शन तथा सिद्धान्तको चर्चा गरेको छ। जगतका, जीवनका, मनका, हिरण्यगर्भका र तिनका अकाट्य सम्बन्धका। पुस्तकले कहीँ व्याख्या दिन्छ। कहीँ प्रश्नको झटारो हान्छ। कहीँ समस्या दिन्छ। कहीँ समाधान दिन्छ। विषयवस्तु भने शिक्षाकै सेरोफेरोमा छ।
पुस्तकमा स्वाद खोज्नेले अनेकन स्वाद पाउँछन। यस अर्थमा बहुस्वाद। गहिराइ बुझ्नेले बहुज्ञान पाउँछन। यस अर्थमा पुस्तक बहु उमेरको खजाना बनेको छ, सोच्न खोज्नेका लागि, सम्भावना देख्नेका लागि।
त्यहाँ भेटिने भँगालाहरू देखाएको छ। ती भँगालाहरूलाई मूल बनाउने उपायहरू सुझाएको छ। जहाँ समस्या छ त्यहीं समाधान खोज्नुपर्छ भन्ने सन्देश पनि छ। यस्ता सन्देश बाहकले नै शिक्षा सुधार्न सक्ने लेखकको जिकिर छ। यस पुस्तकको मूल्य ९९५ रहेको छ।







डिसी नेपाल







Facebook Comment