सर्लाहीमा अवैध काठसहित ट्याक्टर पक्राउ, १० लाख बढीको सामान बरामद
सर्लाही। सर्लाहीमा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहित एक ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको विष्णु गाउँपालिका–२ नदियापकडीस्थित बिओपी बाराबाट स.प्र.ना.नि. टक बहादुर थापाको कमान्डमा खटिएको पाँच जनाको टोलीले मंगलबार राति ८ बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा काठ बरामद गरेको हो।
प्रहरीका अनुसार ज १ त २९४९ नम्बरको ट्याक्टरमा गोडैतबाट फुल परासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ नियन्त्रणमा लिइएको हो। बरामद काठको मूल्य ६८ हजार ३३० रुपैयाँ रहेको छ भने ट्याक्टरको मूल्य १० लाख रुपैयाँ आँकलन गरिएको छ।
बरामद काठ र ट्याक्टरसहित कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय लाल बन्दी सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment