लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं। लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ६ सय ८८ ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
ललितपुरको गोदावरी नगरपालिका-५ लेलेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन्। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सुशान ठाकुरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय पवन कुमार केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय समिर घर्ति र २६ वर्षीय रमेश गन्दर्भ रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहाको सुखीपुर नगरपालिका-८ महदेवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशिल कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ६ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अविशेक शर्मा, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय देव शर्मा र बझाङ जयपृथ्वी नगरपालिका-१० घर भएका २७ वर्षीय सन्जिव रिजाल रहेका छन्। अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-१ कोईलापानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट र एनारगन ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय सुनिल विक र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय अनिल सुनार रहेका छन्। अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा बरियारपट्टी गाउँपालिका-४ बस्ने २४ वर्षीय उदित नारायण राय अमात, मोरङ बेलबारी नगरपालिका-१० बस्ने ३७ वर्षीय पदम बहादुर जोगी र झापा मेचीनगर नगरपालिका-२ बस्ने २४ वर्षीय निकास आले रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०१-००१ ख ०६२८ नम्बरको हायसमा सवार उदितलाई ५ सय ३० मिलिग्राम, इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्रदेश०१-००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार पदमलाई १२ ग्राम ६ सय मिलिग्राम र काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६६० नम्बरको हायसमा सवार निकासलाई ३३ ग्राम ८ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment