राममाया बिमलीको कृति जीवनका कथाहरुको लोकार्पण

डिसी नेपाल
२९ चैत २०८२ २०:२५
56
Shares

काठमाडाैं। आइतबार एक भव्य समारोहकाबीच राममाया बिमलीको आत्मसंस्मरात्मक कृति ‘जीवनका कथाहरु‘ को लोकार्पण भरिएकाे छ।

धुम्वाराहीस्थित सूर्य इभेन्ट्सको भानु हलमा आयोजित उक्त कार्यक्रम मुक्तिनाथ-भद्रमाया-राममाया बिमली प्रतिष्ठानको आयोजनामा भएको हो। राममाया बिमलीको ९५ औं जन्मोत्सवका अवसरमा उनको कृतिलाई प्रतिष्ठानले लोकार्पण गरेको हो।

लेखक,साहित्यकार रामकुमार बिमली द्वारा लेखन-सम्पादन भएको उक्त कृतिमा पूवी पहाडी जीवनका विगतका एकसय वर्षको सामाजिक अवस्थामा महिलाहरुले भोगेको जीवनको यथार्थ कथा छ। ९५ वर्षीय राममाया बिमलीको उपस्थितिमा संस्थाका नरप्रसाद बिमलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि थिए। लेखक, साहित्यकारहरू, पूर्व सांसद कुलप्रसाद उप्रेती, सीता गुरुङलगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

परिवारजनका सदस्यहरु, नाता आफन्तहरु, साहित्यकार, कलाकार, लगायतको विशाल सहभागितामा खचाखच सभाहलमा भएको उक्त कार्यक्रमलाई संस्थाका शंकर बिमलीले संचालन गरेका थिए। कार्यक्रममा सहभागिलाई स्वागत गर्दै बिमली समाजका बाग्मती, गण्डकी प्रदेश अध्यक्ष शान्तिराम बिमलीले कृतिकार राममाया बिमली सकल बिमली परिवारमा जेष्ठ सदस्य भएको, उनका भनाइ र भावनालाई अक्षरस लेखन सम्पादन गरेर छोराले कृति बनाएको र आत्मसंस्मरणका कृतिहरुमा यो एक छुट्टै स्वादको भएको बताए।

कार्यक्रमको पहिलो चरणमा कृतिकार राममाया बिमलीको जन्मोत्सवका लागि उनका नाति गौरवजंग कार्की र पनातिनी अर्पिता बिमलीले अलग अलग नृत्य प्रस्तुत गरेका थिए। मीठो स्वरकी धनी, गायिका जुनु प्रसाईंले आमाको गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन्।

त्यस पछि मञ्चमा आशिन प्रमुख अतिथि, कृति परिचर्चाकार, लेखक सबैले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए। कृतिलाई लेखन-सम्पादन गर्ने रामकुमार बिमलीले उक्त कृतिको बारेमा उत्पतिको कथा देखि त्यस भित्र के के छन भनेर कृतिको संक्षिप्त परिचय दिएका थिए।

सहित्यकार, समालोचक डा. बिन्दु शर्माले कृतिमाथि चर्चा र समीक्षा गर्दै कृतिमा भएका नयाँ प्रयोग र विषयहरुको बारेमा चर्चा गरे। बरिष्ठ साहित्यकार कृष्ण धरावासीले कृतिबारे चर्चा गर्दै परिवार र कृतिका बिचको तादम्यताका विषय उठाएका थिए। उनले आफूले पुस्तकमा यथार्थ कुराहरु लेखेर पाठकहरुलाई रुवाउँदा रुवाउँदै रुन विर्सेको मान्छेलाई यस कृतिले भने रुवायो भनि कृतिको प्रशंसा गरे।

कार्यक्रममा सहभागी साहित्यकार, समालोचक, प्रा. डा. हेमनाथ पौडेलले कृतिमाथि गहन चर्चा गर्दै प्रस्तुत कृति समाज विज्ञानको एक अनौपचारिक अध्यायन सामग्री भएको तथा यसको रचना पक्ष कुनै औपन्यासिक रचना भन्दा कम नभएको भनि कृतिलाई विशिष्ठ रुपमा सृजना भएको बताए।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेतीले आठराई र सेरोफेरोको पृष्ठभूमि भएको यस कृतिले त्यस क्षेत्रको जनजीवनको इतिहास र नातासम्वन्धहरुको नालीबेलीका पक्षमा पनि ऐतिहासिक अध्यायन हुने बताए।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानको तर्फवाट धन्यवाद ज्ञापन गर्दै कृतिकारकि कान्छी बुहारी शारदा देवी बिमलीले आमाका भनाइ र भावनाको अभिलेखन गरेर कृति बनाउनका लागि छोराले गरेको अठोट र इच्छा आज पूरा भएको र यति लामो समय पछि पनि आमाकै अगाडि यो काम पूरा गर्न पाएकोमा ईश्वरलाई पनि धन्यवाद दिइन्।

सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिनै यसमा संलग्न सकल प्रियजनहरुमा आत्मीयतापूर्वक र धन्यवाद प्रकट गरिन्।

कार्यक्रमका सभापति रहेका परिवारका बौद्धिक र मान्यवार सदस्य नरप्रसाद बिमलीले आमाको जीवनीमा आफुले देखे जानेका कुराहरु बताउँदै लेखन-सम्पादन गरी कृति निकालेकोमा रामकुमार बिमलीलाई धन्यवाद दिएर सभा विर्सजन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *