गृहमन्त्री गुरुङको शेयरमा ४ करोड ३१ लाख लगानी

डिसी नेपाल
२९ चैत २०८२ २०:३६
152
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक सम्पत्ति विवरण अनुसार गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको उल्लेख छ।

गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रूपैयाँको शेयर र एडभेन्चर भिल्ला प्रालिमा ७० लाख रूपैयाँको ७० हजार थान शेयरमा लगानी सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

उनले सबै लगानीको स्रोत व्यवसाय, पैतृक सम्पत्ति र लगानी भनेर उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *