नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

डिसी नेपाल
३० चैत २०८२ १७:४८
36
Shares

मुगु । मुगुको सोरु गाउँपालिका–४ रावलवडाँडा निवासी धन बहादुर मल्लको छोरा अन्दाजी १० बर्षीय आकाश मल्लको हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।

मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन्।

सोमबार दिउँसो करिब १२ बजेको समयमा बाख्रा छाडेर चारैजना नदीमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए । हाल बेपत्ताको शव खोजी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *