सर्लाहीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

डिसी नेपाल
४ असोज २०८३ ८:४९

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा परी ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। गएराति गम्हरियामा मोटरसाइकलले पैदल हिँडिरहेका रायलाई ठक्कर दिएको थियो।

सोही मोटरसाइकलको ठक्करबाट मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो पनि घाइते भएका छन्। साइकलमा सवार महतोको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *