राजनीतिक विश्लेषक भरत दाहाल साइबर अपराधको आरोपमा मोरङबाट पक्राउ

डिसी नेपाल
४ असोज २०८३ ११:३६

काठमाडौं। राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाल साइबर अपराधको आरोपमा मोरङबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई आइतबार बिहान मोरङबाट नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरो काठमाडौंबाट पक्राउ पुर्जी जारी भई सोही पत्रका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कबित कटुवालले जानकारी दिए।

सामाजिक सञ्जालमार्फत विद्युतीय (साइबर) अपराध र भ्रामक सूचना फैलाएको कसुरमा अनुसन्धानका लागि उनको नाममा पुर्जी जारी भएको प्रहरीको भनाइ छ।

पक्राउ परेका दाहाललाई आइतबार नै थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि काठमाडौंस्थित साइबर ब्युरोमा पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *