लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौं। प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो।
दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट गोदावरी नगरपालिका-५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका-७ टेडियाबाट लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय रामजनम चौधरीसहित दुई जना र भीमदत्त नगरपालिका-११ बाट गोदावरी-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीबाट काठमाडौँको कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राई, झापाको बाह्रदशी गाउँपालिका-५ बाट मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही स्थानकी २१ वर्षीया रेजिना तोलाङ्गी, झापाकै अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिककुमार कोईराला, अर्जुनधारा-६ पुर्वेलीटोलका २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पूर्णबहादुर राई छन्। साथै बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट मधुवन नगरपालिका-८ लालीबजारका २१ वर्षीय सन्देश रानामगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment