पाँच महिनामा भित्रियो पौने ४ खर्व रेमिट्यान्स
काठमाडौं। चालु आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट पौने ४ खर्व रेमिट्यान्स भित्रिएको छ। बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बृद्धि भएसँगै केहि महिनादेखि घट्न थालेको रेमिट्यान्स वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिरसम्मा रेमिट्यान्स ०.१ प्रतिशतले बढेर ३ खर्व ७६ अर्ब ९९ करोड भित्रिएको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो।
चालु आवको पाँच महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाहमा सकारात्मक असर देखिएको राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment