झन् आकासियो सुनको भाउ, तोलाको कति पुग्यो
काठमाडौं । आज साताको दोस्रो दिन (सोमबार) पनि सुनको भाउ उकालो लागेको छ। आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment