पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
१७ असार २०८३ २१:५२

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी १० वर्षीया आशिका घर्ती रहेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए। उनका अनुसार लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु हुने बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्।

आज बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएकी थिइन्। उनी दिदीसँगै घर फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसिन् र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै बालिकाको खोजीको लागि सुरक्षाकर्मी खटिएका थिए। प्रहरीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बालिकाको शव दिउँसोे तालबाट निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *