असममा होटलमा अन्धाधुन्ध गोली चलाइयो, एक महिलासहित ५ को मृत्यु
काठमाडौं । सोमबार राति भारतको असमको गुवाहाटीमा रहेको एक होटलमा सञ्चालक र लिजमा होटल चलाउने व्यक्तिबीच भएको विवादमा पाँच जनाको गोली हानी हत्या गरिएको छ।
प्रहरीका अनुसार घटना राति करिब ९ बजे जिएस रोडस्थित बोरा सर्भिस अगाडि रहेको ‘होटल बिलास इन’ मा भएको हो। यो स्थान असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा पर्दछ।
समाचार संस्था पीटीआईलाई प्रहरी कमिश्नर पार्थ सारथी महन्तले दिएको जानकारीअनुसार, “छ जनालाई गोली लागेको थियो, जसमध्ये पाँच जनाको मृत्यु भएको छ। एक जनाको उपचार भइरहेको छ।”
समाचार संस्था एएनआईका अनुसार घटनापछि एक जनालाई पक्राउ गरिएको छ। प्रहरी कमिश्नरका अनुसार ३२ बोरको लाइसेन्सप्राप्त पेस्तोल प्रयोग गरी हत्याकाण्ड मच्चाइएको हो। प्रहरीले घटनामा प्रयोग गरिएको हतियार नियन्त्रणमा लिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment