निकासी पैठारी संघको अध्यक्षमा वंशल

डिसी नेपाल
१३ माघ २०७६ ११:१३

काठमाडौं। आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा सुनिलकुमार वंशल चयन भएका छन्।

संघको साधारणसभाबाट प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन भएका छन्।

सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवनकुमार अग्रवाल छन्। यसैगरी प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल र सुशील गुप्ता कार्यसमितिमा निर्वाचित भए।

कार्यसमितिमा चारजना सदस्य मनोनीत हुने व्यवस्था छ। निवर्तमान अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ। साधारणसभाका अवसरमा संघका सदस्यमध्ये सबैभन्दा बढीलाई रोजगारी दिने रिलायन्स स्पिनिङ मिल्स, सबैभन्दा बढी राजस्व बुझाउने जिओ अटोमोबाइल्स प्रालि, निकासीबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने अन्नपूर्ण भेजिटेबल प्रोटक्सटस प्रालि र महिला उद्यमी जमिला जोशीलाई सम्मान गरिएको थियो।

यस्तै निवर्तमान अध्यक्ष रमेश गुप्तालाई संघ र मुलुकको अर्थतन्त्रमा उनको योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको महासचिव मित्तलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.