अबैध भित्र्याइन लागेको डेढ करोड बराबरको सुन बरामद

डिसी नेपाल
१३ माघ २०७६ २१:०४

रसुवां । रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन सोमबार बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ । साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी चालकको सिटमुनि लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए। अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र घटनाबारे मङ्गलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.