चार दिनदेखि हवाई इन्धन आयात ठप्प

डिसी नेपाल
१४ माघ २०७६ ८:३४

काठमाडौं। विभिन्न नौ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हवाई इन्धन ट्यांकर चालकको आन्दोलनका कारण चार दिनदेखि हवाई इन्धन आयात ठप्प बनेको छ। हवाई इन्धन ढुवानी रोकेका ट्यांकर चालकहरुले आइतबार ट्यांकरको साँचो ट्यांकर व्यवसायीलाई बुझाएका थिए।

शनिबारदेखि ढुवानी रोकेका चालकहरुले आइतबार व्यवसायीसँगको छलफलपछि साँचो बुझाएका थिए। आइतबार आफ्ना मागहरुबारे कुनै सहमति नभएकाले चालकहरुले सामूहिकरुपमा साँचो बुझाएका थिए। व्यावासयी र चालकबीच मंगलबार आज पनि वार्ता हुँदैछ।

नेपाली ट्यांकरले भारतबाट इन्धन ढुवानी गर्दै आएका छन्। भारतबाट नेपाली डिपोसम्म इन्धन ढुवानी हुँदा चुहावट हुने परिणाम तोकेको छ। ० दशमलव २५ प्रतिशत चुहावटलाई छुट दिने व्यवस्था छ। त्यसभन्दा बढी चुहावट भए दोब्बर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ।

अहिले १८१ वटा ट्यांकरले भारतको रक्शौलबाट काठमाडौंको सिनामंगलसम्म इन्धन ढुवानी गर्दै आएका छन्। चालकहरुको मुख्य माग रक्सौल समस्या र क्षतिपूर्ति समाधान रहेको छ।

ट्यांकर चालकले इन्धन चोरेका घटनाहरु बढेपछि केही वर्षअघिदेखि निगमले लगइन प्रणाली लागू गरेको छ। लगइन प्रणालीअनुसार रक्सौलमा इन्धन लोड भएपछि निगमले ताला लगाउँछ। र सिनामंगलमा त्यो ताला निगमले नै खोल्छ।

लोड भएको इनधनको ० दशमल २५ प्रतिशतसम्म चुहाटलाई निगमले छुट दिने गर्छ। त्यो भन्दा बढी चुहावट भए दोब्बर क्षतिपूर्ति चालकले निगमलाई दिनुपर्छ। यही विषयमा चालकहरु असन्तुष्टि हो। निगमसँग जम्मा सात दिनलाई मात्र पुग्ने भण्डारण क्षमता छ। चार दिनदेखि ढुवानी ठप्प हुँदा त्यसको प्रत्यक्ष असर हवाइ उडानमा पर्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.