नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० माघ १७ देखि २० गतेसम्म भृकुटीमण्डपमा हुने

डिसी नेपाल
१४ माघ २०७६ १५:४३

काठमाडौं। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्सपो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्सपोको छैटौं संस्करण यसै साता हुने भएको छ ।

माघ १७, १८ र १९ गते भृकृटीमण्डपमा हुने प्रदर्शनीमा संसारका विभिन्न देशका २ सय भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरु का १ सय ५० भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएका छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिँदै आएको आयोजकले बताएका छन् ।

यस छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्यातीप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा प्रविधिलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएको बताउँदै आयोजकले यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने विश्वस व्यक्त गरेका छन् ।

प्रदर्शनीलाई सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (एससीएइएफ) तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)ले सहयोग गरेका छन् । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनीयर तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहनेछ । यस अन्तराष्ट्रिय प्रदर्शनीको मूल उद्देश्य नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने अपेक्षा गरिएको छ । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *