नेप्सेको वर्गिकरणः १२ वाणिज्य बैंक मात्र ‘क’ वर्गमा

डिसी नेपाल
१४ माघ २०७६ १७:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गरेको वर्गिकरणमा १२ वटा बाणिज्य बैंक मात्र ‘क’ वर्गमा परेका छन् । नेप्सेमा २११ कम्पनी सूचिकृत भएकोमा अधिकांश कम्पनीको अवस्था खराव दखिएको हो ।

नेप्सेका अनुसार क वर्गमा पर्ने वाणिज्य बैंकहरुमा बैंक अफ काठमाडौ, सिटिजन्स इन्टरनेशनल, ग्लोवल आइएमई, कुमारी, लक्ष्मी, माच्छापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसविआइ, एनआइसी एसिया, एनएमवी, सानिमा र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् ।

यसबाहेकसूचीकृत कम्पनीहरु १७३ अवस्था खराब रहेको नेप्सेले जनाएको छ । नेप्सेकोे वर्गिकरणमा ठिकै मानिएको ‘बी’ वर्गमा कुनै पनि कम्पनी छैनन् । ‘जी’ वर्गमा भने हाइड्रो पावर र उत्पादनमुलक क्षेत्रमा ३२ कम्पनीहरु छन् ।

सबैभन्दा खराव ‘जेड’ समूहमा १७३ कम्पनी रहेका छन् । यस वर्गमा बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, इस्योरेन्सलगायतका कम्पनी परेका छन् ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । नियमावली अनुसार ‘ए’ मा रहने कम्पनीको कम्तीमा एक अर्ब चुक्ता पूँजी, सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङबाट औसत भन्दा माथिको रेटिङ पाएको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने प्रावधान छ ।

यस्तै ‘बि’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

विनियमावली अनुसार सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ । यसरी ‘जी’ वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ’जेड’ वर्गमा पर्नेछन् । कतिपय कम्पनीहरुले क्रेडिट रेटिङ नगराएका तथा गरे पनि नेप्सेमा सो विवरण पेश नगरेका कारण ‘ए’ र ’बि’ वर्गमा नसमेटिएको हो । नेप्सेले प्रकाशित वर्गीकरणबाट असन्तुष्ट कम्पनीहरुलाई कारण सहित ३५ दिन भित्र दाबी सहितको आवेदन दिन समेत समय दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.