१० करोड निक्षेपका लागि राष्ट्र बैंकको प्रस्ताव
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा राख्नका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव आवहान गरेको छ। बैंकले एक वर्षका लागि १० करोड ४८ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो।
उक्त निक्षेपमध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ८ करोड ३८ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १ करोड ५८ लाख र ‘ग’ वर्गको फाइनान्स कम्पनीमा ५२ लाख रुपैयाँ राख्न लागेको हो।
निक्षेप राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले शुक्रबार साढे १२ बजेसम्ममा व्याजदर सहित शिलबन्दी दरभाउ पत्र पेश गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ।
निक्षेप राख्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष कायम भएको र निष्कृय कर्जा पाँच प्रतिशत भन्दा कम भएको शर्त राखिएको छ।
यस्तै नाफामा रहेको, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको स र सर्वसाधारणको लागि छुट्याइएको सेयर समेत जारी गरिसकेको संस्थाले मात्र निक्षेपका लागि आवेदन दिन पाउनेछन्।







डिसी नेपाल








Facebook Comment