बाँस्कोटा घुस प्रकरणवारे छानविन गरी कारवाही गर्न साझाको खवरदारी प्रदर्शन
काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौंको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि छानविनको माग गर्दै साझा पार्टीले विरोध प्रदर्शन गरेको छ। साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेको हो।
पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारका अनुसार प्रदर्शनमा सहभागी अभियन्ताहरुले भ्रष्टाचारी मन्त्रीलाई वर्खास्त गर , भ्रष्टाचारीलाई सिंहदरवार होईन जेल पठाउ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए।
टेप प्रकरणको अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गर्दै भ्रष्टाचारीलाई सजाय हुनुपर्ने मुख्य माग राखिएको नेता परियारले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment