गोकुल बास्कोटाले शुभकामना दिँदा गालीको ओइरो

डिसी नेपाल
९ फागुन २०७६ १०:४१

काठमाडौं। हिजो मात्र पदबाट राजीनामा दिएका निवर्तमान संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शुभकामना दिँदा गाली ओइरिएको छ । बास्कोटाले आज बिहान ट्वीट गर्दै शिवरात्रीको शुभकामना दिएका थिए । त्यही शुभकामनाका जवाफ दिँदै ट्वीटर प्रयोगकर्ताले उनलाई गाली गरेका हुन् ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा कमिशन मागेको दावी गरिएको अडियो बुधबार मध्यरातमा सार्वजनिक भएपछि हिजो बिहानैदेखि उनको तीव्र आलोचना भइरहेको छ । बास्कोटाको भनिएको टेलिफोन वार्तामा उनले ७० करोड कमिशन मागेको सुनिएको छ । यही कारण हिजो दिनभर तीब्र आलोचना भएपछि उनले पदबाट पनि राजीनामा दिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *