‘७० करोड होइन सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा साढे ५ अर्ब भ्रष्टाचार’
काठमाडौं। निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको दावीसहितको अडियो रेकर्डले तरंग ल्याएका बेला यो रेकर्ड सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्रले भने प्रेस खरिदमा साढे ५ अर्ब भ्रष्टाचार हुन लागेको दावी गरेका छन् ।
एक टेलिभिजनसँग कुरा गर्दै उनले मिलेमतोमा साढे ५ अर्ब भ्रष्टाचार हुन लागेको अवस्थामा आफूले त्यसलाई रोक्न यो अडियो सार्वजनिक गरेको दावी हुन् । यद्यपि उनले आफूसँग ७० करोडको डिल भएको विषयमा र आफू समेत भ्रष्टाचार गर्ने प्रयासमा रहेको विषयमा भने केही भनेनन् । उनले स्वीस कम्पनी यो डीलबाट पछि हटिसकेको भन्दै कम्पनी र आफूलाई भने दोषमुक्त बनाउने प्रयास गरे ।
उनले स्वीस कम्पनीसँगको डिल रद्द गरेर जर्मन कम्पनीसँग डील गर्दा वास्तविक लागतभन्दा धेरै बढाएर लागत इष्टिमेट बनाइ भ्रष्टाचारको प्रयास भएको दावी गरे । उनले लागत झण्डै साढे ५ अर्ब बढाइएको दावी गर्दै यसरी लागत बढाएर भ्रष्टाचार हुन लागेको विषय आफूले सार्वजनिक लेखा समितिमा उठाएको दावी गरे । सार्वजनिक लेखा समितिको बैठक फागुन ११ गते बस्ने तय भएकोमा फागुन ८ गतेलाई सारिएकोले आफूले उठाएको मुद्दा ओझेलमा पर्ने डरले त्यसको अघिल्लो दिन नै अडियो सार्वजनिक गरेको समेत दावी गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment