खेल क्षेत्रमा उच्च लगानी छः मुख्यमन्त्री राई
सोलुखुम्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिएका छन्।
तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिए ।
सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयौँ हल निर्माणाधीन अवस्थामा रहेको बताए।
प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले काम गरिरहेको उनले बताए।
मुख्यमन्त्री राईले भने, “समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment